चैत ४ काठमाडौं । अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ ।
कूटनीतिक सामग्री लिएर सो विमान काठमाडौं आएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चार्टर अनुमति लिएर जहाज आएको हो । 'यो नियमित प्रक्रिया हो, सामान लिएर चार्टरमा आएको जहाज हो,' उनले भने, 'अन्य देशका पनि सामान लिएर चार्टरमा आइरहेका हुन्छन् ।' सो विमान भने अहिले फर्किसकेको छ ।
.jpg)


