मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु 

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 165
    SHARES
  • पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु 

    चैत ६ पर्सा । पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

    images

    टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय बिर बहादुर विश्वकर्माको मृत्यु भएको हो । 

    घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको छ । 

    images

    रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।