मंगलबार, कार्तिक १८ गते २०८३
images
images

क्यान्सरपीडित साहित्यकार घिमिरेलाई आर्थिक सहयाेग

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 260
    SHARES
  • क्यान्सरपीडित साहित्यकार घिमिरेलाई आर्थिक सहयाेग

    चैत ६ महोत्तरी । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले क्यान्सर राेगसँग लडिरहेका तोया घिमिरेलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बीच उनकाे उपचारका लागि  आर्थिक सहयोग र सम्मान गरेको हो ।

    images

    घिमिरे मधेस प्रदेशमा छन्द कवि तथा उपन्यासकारको रुपमा परिचित छन । उनलाई ११ हजार एक सय ११ रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरी मधेस प्रदेशका साहित्यकारहरूले उपचार खर्चबापत चन्दा उठाएर घिमिरेलाई ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

    क्यान्सरको कारण थलिएका घिमिरेको क्याम्पसका डोवहरु, फुटकर कविताहरू प्रकाशन भएका छन भने खरानी खण्डकाव्य प्रकाशोन्मुख छ ।न्युज कारखाना

    images

    Avatar