मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 253
    SHARES
  • ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

    ललितपुर, ७ चैत ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । 

    images

    प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनाका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।myadi-police-DSC_3334.jpg

    ४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रैहरी मागिएको छ । 

    images

    आइतबार बिहान १० बजेबाट प्रहरीले फरम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।

    ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । myadi-police-DSC_3342.jpg