मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

एक्सप्रेस पाना
चैत्र ८, २०७८ मंगलबार
  • 263
    SHARES
  • जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चैत ८ सर्लाही । जिल्लाको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट गम्भिर घाइते भएका एक जना पैदलयात्री मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोही दुर्घटनामा ६५ वर्षिया जयकलिया देवी मण्डल गम्भिर घाईते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । 

    images

    गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको हो । जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।