मंगलबार, कार्तिक १८ गते २०८३
images
images

घरायसी विवादका क्रममा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

एक्सप्रेस पाना
चैत्र ८, २०७८ मंगलबार
  • 271
    SHARES
  • घरायसी विवादका क्रममा श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    चैत ८ हेटौंडा । हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो । 

    श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । श्रीमतीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images