मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 172
    SHARES
  • पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

    चैत ९ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ ।

    images

    दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ । बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  

    images