मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

एक्सप्रेस पाना
चैत्र १०, २०७८ बिहीबार
  • 519
    SHARES
  • ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

    चैत १० काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराती ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा ट्रयाक्टर चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतान रहेका छन् । 

    गएराती २ बजे हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर स्थानिय राप्तिखोलामा खसेको थियो । 

    images

    काठको पुल भाँचिएर ट्रयाक्टर खोलामा खस्दा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रयाक्टरमा सवार स्थानिय १६ वर्षीय बिशाल बल भने सकुशल रहेको ईलाका प्रहरी कार्यालय ज्यामिरेले जानकारी दिएको छ ।