मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तटबन्धन निर्माणका लागि पाँच लाख सहयोग

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 576
    SHARES
  • तटबन्धन निर्माणका लागि पाँच लाख सहयोग

    चैत १३ लमजुङ । लमजुङ समाज युकेले को जिल्लाको गाँउपालिका ८ हिलेबजारमा तटबन्धनका लागि सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पुर्‍याएको स्थानमा तटबन्दन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो ।

    images

    लमजुङ समाज युकेका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्दन निमार्णका ५ लाख १५ हजार रुपैयाँ दोर्दी गाउँपालिका ८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

    समाजले केही महिनाअघि पनि तटबन्दन निर्माणको लागि ९ लाख १ हजार ४२ रुपैयाँ सहयोग गरेको थियो । स्थानीय वडा अध्यक्ष गुरुङका अनुसार लमजुङ समाज युकेले हाल सम्म १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    images

    जोखिममा रहेको हिलेबजारका स्थानीयलाई आगामी दिनमा बाढीबाट सुरक्षित हुनका लागि सहयोग होस भनि तटबन्दन निर्माणका लागि सहयोग गरिएको समाजले जनाएको छ ।