मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 326
    SHARES
  • आजको मौसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

    चैत २० काठमाडौं । भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।  

    images

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।  साेमबार प्रदेश १ काे पहाडी भूभागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    images