चैत २० बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।
स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।
ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङ को साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको प्रहरिले जनाएको छ । मिनबहादुर पनि घाइते भएको र उहाँको उपचारको लागि अस्पताल लगिएको छ ।साधार : रेडियो मेलम्ची
.jpg)


