चैत २२ काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम चैत्र २१ गते सम्पन्न भएको छ ।
सोही गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डागीलाई खुकुरी प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्ने ७२ जना प्रशिक्षार्थीहरुलाई एसटिएफको ट्याक प्रदान गर्नुभएको हो ।
१६ हप्ता अवधिको उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

लागूऔषधसहित चार जना पक्राउ
बारा जिल्लाको सुर्वण गाउँपालिका ६ स्थित मझारिया ईलाकाबाट चैत्र २१ गते सशस्त्र प्रहरीले करीव ५ के.जी. गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ४ हर्दिया बस्ने बस्ने ३४ बर्षिय ईन्दु यादव, सोही जिल्लाको पचरौटा नगरपालिका ९ कटुवा बस्ने २७ बर्षिय सुनिल कुमार पुसवाहा र भारतमा घर बताउने ३५ बर्षिय अजय यादब छन् ।
ना ५८ प ४८३१ र बा ७९ प ७७७३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश तेलकुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त गाँजा फेला पारेको हो । त्यसवेला दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । यसैगरी झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ स्थित एक घरबाट चैत्र २० गते सशस्त्र प्रहरीले करीव १ ग्राम ८८ मिलिग्राम खैरो हिरोईनसहित सोही सोही नगरपालिका २ बस्ने २२ बर्षिय सुमन दर्जीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा निजलाई सशस्त्र प्रहरी बल नेपाल भूटानी शरणार्थी सुरक्षा बेश खुदुनाबारीबाट खटिएको सशस्त्र प्रहरीले उल्लेखित परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका दर्जीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

काठ बरामद
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २३ स्थित एक वनबाट चैत्र २१ गते सशस्त्र प्रहरीले करीव ४ लाख २५ हजार रुपैयाँ बराबरको सालको गोलीया काठ बरामद गरेको छ । सो वनमा बेवारीसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ८५ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबजारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ वन कार्यालय बाँकेमा बुझाईएको छ ।
यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नरपालिका १० चेतनगर स्थित एक फर्निचर उद्योगबाट चैत्र २० गते १ लाख ८४ हजार रुपैयाँ बराबरको करीव ३७ क्यूफिट साल तथा सिसौको काठ बरामद गरिएको छ । सो उद्योगमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरी र सव डिभिजन वन कार्यालयबाट खटिएकोे संयुक्त टोलीले उल्लेखित मुल्य बराबरको उक्त काठ बरामद गरिएको हो । बरामद काठ सव डिभिजन वन कार्यालय चपुरमा बुझाईएको छ ।

.jpg)


