मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु 

एक्सप्रेस पाना
चैत्र २३, २०७८ बुधबार
  • 215
    SHARES
  • भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु 

    चैत २३ काठमाडौं । झापाको बुद्धशान्ती गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । 

    images

    प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।

    गम्भीर घाइते भएकी मोटरसाइकल चालक स्थानीय ४२ वर्षीया कविता लिम्बुको भने सोही अस्पतालमा उपचार भइरहेको छ । 

    images

    प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिक अप भ्यानले मंगलबार बेलुकी पौने ७ बजे ठक्कर दिएको थियो । 

    दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित पिकअप भ्यानका चालक ईलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेका छन् ।