चैत २५ सिरहा । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ खादीस्थित सीमा ईलाकाबाट चैत्र २४ गते सशस्त्र प्रहरीले ४ लाख ७८ हजार १ सय १५ नेपाली रुपैयाँ र ५ हजार ८ सय ६० भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतमा घर बताउने ४३ बर्षिय मुर्तुजा मियाला छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मियालालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
सुपुर क्वालिटी लङरेञ्ज बन्दुकसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका ३ स्थित नहरचोकबाट चैत्र २४ गते सशस्त्र प्रहरीले ९६६१ डी.बी.वाई. २००२ नम्बरको सुपुर क्वालिटी लङरेञ्ज २ नाले बन्दुक १ थान र सो बन्दुकमा प्रयोग हुने ६५ मि.मि. कार्टिज १ थानसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको पर्सागढी नगरपालिका ५ हरपुर बस्ने ४१ बर्षिय प्रेमकुमार ठाकुर, १६ बर्षिय राहुल ठाकुर र ५५ बर्षिय रामजी ठाकुर छन् । ना ५७ प ३६२८ नम्बरको मोटरसाईकलमा सबैठहाबाट पर्सागढीतर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी अमरपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुकोे साथमा उक्त बन्दुक र कार्टिज फेला पारिएको हो । त्यसवेला सो मोटरसाईकल समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद बन्दुक, कार्टिज तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
लागूऔषधसहित एक जना पक्राउ
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकबाट चैत्र २४ गते सशस्त्र प्रहरीले १४ वटा नाईट्रोभेट ट्याब्लेट र १ सय ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको दमक नगरपालिका ३ बेलडाँगी बस्ने ३०
बर्षिया कमला गुरुङ्ग छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेकी गुरुङ्गलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
सामान बरामद
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १२ कोरिनपुरस्थित सीमा ईलाकाबाट चैत्र २४ गते सशस्त्र प्रहरीले करीव ३ लाख २५ हजार रुपैयाँ बराबरको ६० बोरा चिनी र २९ बोरा सुपरपावर सुर्ति बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बराद गरेको हो । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० धुलाबारीस्थित सीमा ईलाकबाट चैत्र २४ गते सशस्त्र प्रहरीले करीव २ लाख ७ हजार रुपैयाँ बराबरको लत्ताकपडा, सुर्ति तथा हार्डवयरको सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बराद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
.jpg)


