मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा एक बृद्धाको मृत्यु

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 342
    SHARES
  • मोटरसाइकल दुर्घटनामा एक बृद्धाको मृत्यु

    चैत २७ काठमाडौं । तनँहु जिल्लाको व्यास नगरपालिका १ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् । हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग१४प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् । 

    उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पु¥याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । 

    images