मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 406
    SHARES
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    चैत २८ झापा। झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा आइतबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानिय २९ वर्षीय संयम बजगाई रहेका छन् । उनको उपचारको क्रममा बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा गएराती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ना ६ ख ६४ ५५ नम्बरको ट्रकले बजगाईले चलाएको बा१५प ८२०२ नम्बरको मोटरसाईकललाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनि झापाले जनाएको छ ।

    images