मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखरीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 418
    SHARES
  • पोखरीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

    चैत २८ काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको सोमबार ज्यान गएको छ ।

    images

    ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवका ८ वर्षीय छोरा देवराज यादव रहेका छन् ।

    मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टी रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images