मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : बिहान देशभर बदली, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 345
    SHARES
  • आजको मौसम : बिहान देशभर बदली, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना

    चैत ३० काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ ।

    images

    दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली  रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    images