मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बारामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

एक्सप्रेस पाना
बैशाख १, २०७९ बिहीबार
  • 341
    SHARES
  • बारामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

    वैशाख १ बारा । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१  आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

    images

    मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । 
    आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।

    images