मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 222
    SHARES
  • सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त

    वैशाख २ काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

    images

    खड्कालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

    उनलाई संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दिइएको छ । 

    images

    सरकारले बुधबार मात्र केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गरेको थियो । उनी १९ दिनका लागि मात्रै सशस्त्रको प्रमुख हुनेछन् । त्यसपछि उनी ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाउनेछन् ।