मंगलबार, कार्तिक १८ गते २०८३
images
images

स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भयो

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 298
    SHARES
  • स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भयो

    वैशाख ४ काठमाडौं । स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।

    images

    मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।  

    दुर्घटनामा चालक सहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ३ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ । 

    images

    डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग१ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।