मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 210
    SHARES
  • मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    वैशाख ५ कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया बृजमती कुमी रहेकी छन् । 

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

    मोटरसाइकल सहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।