मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 272
    SHARES
  • आजको मौसम : दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

    वैशाख ७ काठमाडौं । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ ।  प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ ।

    images

    दिउँसो प्रदेश १, मधेश, बागमती र  गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    images