मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौंमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 353
    SHARES
  • काठमाडौंमा १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

    वैशाख ७ काठमाडौं । जिल्लामा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् । 

    शंखरापुर नगरपालिका–६ स्थित बज्रयोगीनीको मुल जात्रामा मानिसहरुको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । 

    images

    उक्त सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।