वैशाख ७ धनगढी । कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणको गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।
नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी(५ का ईश्वर जोशीले भने, यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’
तर, विद्युत् प्राधिकरणले लोडसेडिङ नगरेको दाबी गरेको छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए । प्राधिकरणको दाबीलाई अस्वीकार गर्छन् । कैलालीभरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,’ गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, ‘नियमित विद्युत् सुचारु नभएको १५(२० दिन भइसक्यो ।
उनका अनुसार ‘आघा घण्टा बत्ती आउने र १५–२० मिनेट विद्युत कटौती हुने गरेको छ । ‘यो विद्युत प्राधिकरणको अघोषित लोड सेडिङनै हो, जनतालाई त्यसको सूचना लुकाइएको छ,’ सुनारले भने ।
धनगढी–२ का सुशील जोशीले विद्युत प्राधिकरण व्यापारीसँग मिलेको आरोप लगाउँछन् । व्यापारीका इन्भर्टर बिकाउन प्राधिकरणले गर्मी बढेपछि अघोषित लोडसेडिङ गर्ने गरेको उनको आरोप छ ।
‘गर्मीमा झ्याप्प( झ्याप बत्ती कटौती गरेर नागरिकलाई इन्भर्टर किन्न बाध्य पारिँदै छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले व्यापारिलाई फाइदा पुग्ने गरी काम गरिरहेको छ ।
पटक(पटक बिजुली जाने र आउने हुन थालेपछि वैकल्पिक उपकरणको समेत बिक्री बढ्ने र त्यसबाट विद्युत्का कर्मचारीले कमिसन खानेगरेको उनको आरोप छ ।
विद्युत प्राधिकरणले गर्मी सुरु भएपछि सधैँ अघोषित लोडसेडिङ गर्ने गरेको धनगढी–५ का अनिल बोहरा पनि बताउँछन् । ‘यसअघिका वर्षहरूमा पनि गर्मी सुरु भएपछि अघोषित लोडसेडिङ हुनेगरेको थियो,’ बोहराले भने, ‘यस वर्ष पनि त्यो समस्या दोहोरिएको छ । कर्मचारीको प्रलोभन र लापरबाहीका कारण यस्तो समस्या आइरहेको छ ।
बिजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको धनगढीका स्थानीय देवराज अवस्थीले बताए । बिजुली आउने र जाने भइरहँदा पंखा, फ्रिज, बिजुलीका बल्बमा क्षति पुग्ने गरेको उनि बताउँछन् । ‘पछिल्लो समयमा बत्ती आउने–जाने धेरै भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थी लगायत अन्य सबै नगरबासीको दैनिक कष्टकर भएको छ ।
प्राधिकरणले विभिन्न बाहना बनाएर विद्युत् कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरूले समस्या झेल्नु परेको छ भने विद्युत् नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्किल परिरहेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख मण्डल भने विद्युत नियमित सुचारु भएको र कुनै लोडसेडिङ नरहेको बताउँछन् । ‘ठाउँठाउँमा सडक निर्माण भइरहेका कारण लाइनविच्छेद गर्नु पर्ने अवस्था आइरहेको छ,’ उनले भने, ‘कतै फ्यूज जाने हुँदा मर्मत गर्नु पर्दछ, त्यसबेला बिजुली गएको हुन सक्दछ, तर लोड सेडिङ भने छैन ।
उनले कहिलेकाहिँ चमेलिया विद्युत् आयोजनाबाटै बिजुली कटौती हुने गरेको भन्दै त्यस्तो अवस्थामा भने केही समस्या हुने गरेको बताए । तर, चमेलियामा पनि मर्मतका लागि मात्र विद्युत् अवरुद्ध हुने गरेको वितरण केन्द्र प्रमुख मण्डलले बताए ।
.jpg)


