मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 280
    SHARES
  • आजको मौसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

    वैशाख ८ काठमाडौं । नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव  रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

    images

    दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति गण्डकी, बागमती तथा प्रदेश १ का  थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का  केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएकाे छ ।

    images