मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 316
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    वैशाख ८ काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिर नजिक बिहीबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा पर्साको विरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको हो । 

    images

    सिमराबाट रामवनतर्फ जाँदै गरेको ना १९ प ८८१८ नम्बरको मोटरसाईकल आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।