शुक्रबार, भाद्र २६ गते २०८३
images

लक्ष्मी बैंकको शाखा विस्तार द्रुत गतिमा, रौतहटको गरुडामा पुग्यो १३४औं शाखा 

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 507
    SHARES
  • लक्ष्मी बैंकको शाखा विस्तार द्रुत गतिमा, रौतहटको गरुडामा पुग्यो १३४औं शाखा 

    काठमाडौँ ।  लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न। ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

    images

    यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छन ।