मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 445
    SHARES
  • काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    वैशाख ११ काठमाडौं । जिल्लाको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन् ।

    दुवैको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    आलेद्धय सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भई काँडाघारी सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।