शुक्रबार, भाद्र २६ गते २०८३
images

बैंकिङ्ग क्षेत्रमा अब्बल मानिने रेग्मी ग्लोबल आइएमई बैंकको नायव कार्यकारीमा नियुक्त

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 344
    SHARES
  • बैंकिङ्ग क्षेत्रमा अब्बल मानिने रेग्मी ग्लोबल आइएमई बैंकको नायव कार्यकारीमा नियुक्त

    काठमाडौँ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् ।

    images

    करिब ३ दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरे । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्छन् ।

    रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन्  ।

    images