मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 492
    SHARES
  • आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

    वैशाख १६ काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

    images

    दिउँसाे पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने आँकलन गरिएकाे छ । प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । शनिबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    images