शुक्रबार, भाद्र २६ गते २०८३
images

सानिमा बैंकद्धारा दिर्घायु बचत योजना अन्तर्गत पुनलाई १० लाख प्रदान

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 436
    SHARES
  • सानिमा बैंकद्धारा दिर्घायु बचत योजना अन्तर्गत पुनलाई १० लाख प्रदान

    काठमाडौँ । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो । 

    images

    बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंकको अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका हुन् । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।  

    सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ बिमा र ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।  सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा एटिएम संचालनमा रहेका छन् ।    

    images