मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

एक्सप्रेस पाना
बैशाख १८, २०७९ आइतबार
  • 324
    SHARES
  • नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

    वैशाख १७ खोटाङ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् ।

    images

    आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो । 

    पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए । 

    images