मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 329
    SHARES
  • सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

    वैशाख २१ मोरङ । मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट बैशाख २० गते सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट १० पत्ता र २४ बोतल स्कुफडिएक्ससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षिय राजकुमार पंजियार र भारतमा घर बताउने २५ वर्षिय विकास मण्डल छन् ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    १३ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
    सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित  महता टोलबाट बैशाख २१ गते करीव १३ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको छ । को २ च २७८० नम्बरको टाटायोद्धा गाडीमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिलबिज फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी nलौकहीबाट खटिएको सशस्त्र प्रहरी तथा भन्सार कार्यालय सुनसरीको कर्मचारीले बरामद गरेको हो ।

    images

    त्यसबेला उक्त गाडी समेत बरामद गरीएको छ । बरामद लत्ताकपडा तथा गाडी भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । सो
    गाडीको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।