मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 251
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    वैशाख २३ काठमाडौं । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् । 

    कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।

    images