मंगलबार, कार्तिक १८ गते २०८३
images
images

१५ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 293
    SHARES
  • १५ वर्षीया किशोरी बलात्कृत

    वैशाख २७ उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । 

    images

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।