मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवाद्वारा युवाकै लागि आइडिया हाइकर आउदै

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 457
    SHARES
  • युवाद्वारा युवाकै लागि आइडिया हाइकर आउदै

    वैशाख २७ काठमाडौं । युवाहरुलाई प्रोसाहन तथा उद्यमी बनाउने सोचका साथ युवाहरुको समूहले नै आइडिया हाइकर नामक कार्यक्रम संचानलमा लाउने भएका छन् । सुरुवाती चरणमा चितवनमा स्टार्टअप गर्दै गरेका उद्यमीले आफ्नो यात्रा सम्पूर्ण माझमा सुनाउने छन् । सुरुवाती चरणको कार्यक्रम बैशाख ३१ गतेबाट सुरु हुनेछ । चितवन बाट सुरु हुने यस कार्यकमको यात्रा नेपालभर हुने छ।  

    images

    साथै आइडिया हाइकरले दोस्रो चरणको रुपमा स्टार्टअप गर्ने चाहने युवा र उद्यमीलाई जोड्दै आइडिया पिचिङ पनि संचालनमा लाउने छ । आइडिया हाइकर चितवनकै युवाहरुले संचालन गर्न लाएका हुन् ।  

    आइडिया हाइकरका संचालक बिशाल पौडेलले आइडिया हाइकर युवाहरूका लागि युवाहरूले सुरु गर्ने कार्यक्रम हो । आइडिया हाइकर देशको सामाजिक आर्थिक परिवर्तनको लागि युवा विचार र नवीनता कोर्न को अवधारणा हो । साथै, यसले युवाहरूमा उद्यमशीलतामा मद्दत गर्दछ । यो काल्पनिक विचारहरूलाई वास्तविकतामा परिणत गर्ने प्लेटफर्म हो, यसले समस्याको समाधान पनि प्रदान गर्दछ, जसले अन्ततः सम्भावित युवाहरूको संलग्नता र उनीहरूको नवप्रवर्तनका विचारहरू मार्फत सामाजिक परिवर्तनमा मद्दत गर्दछ।आइडिया हाइकर आइडिया पिचिङ र प्रस्तुतिकरण मञ्च मात्र होइन, युवाहरूलाई आफ्नो उद्यमशीलताको यात्रा साझा गर्ने र लगानीकर्ता, विज्ञहरूका साथै सम्बन्धित क्षेत्रमा विभिन्न ज्ञान भएका युवाहरूसँग सहकार्य गर्ने अवसर पनि हो । भनेका छन् ।

    images