मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

एक्सप्रेस पाना
जेठ २, २०७९ सोमबार
  • 218
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    जेष्ठ २ सिराहा । जिल्लाको कर्जन्हा नगरपालिका–२ मा गएराती मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका–९ का ३८ वर्षीय उमेश बिश्वकर्मा रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    घाइते भएका मोटरसाइकलमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    सडक पार गर्दै गरेको चौपायालाई बचाउने क्रममा प्रदेश १–०२–०४५ प ८८८७ नम्बरको मोटरसाइकल गएराती सवा ११ बजे अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।