मंगलबार, कार्तिक १८ गते २०८३
images
images

छुट्टाछुट्टै सवारी दुर्घटनाहुदा चार जनाको मृत्यु

एक्सप्रेस पाना
जेठ ६, २०७९ शुक्रबार
  • 289
    SHARES
  • छुट्टाछुट्टै सवारी दुर्घटनाहुदा चार जनाको मृत्यु

    जेठ ६ काठमाडौं । झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

    images

    झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय टंक काफ्ले रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो । 

    मोरङको सुनवर्षी नगरपालिका–६ मा को.२ त १४३७ नम्बरको ट्रयाक्टर बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार सरदार रहेका छन् । 

    images

    दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा रा.१ प ८६७९ नम्बरको मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपरमा बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका–३ बस्ने २० वर्षीय आकाश सेन रहेका छन् । 

    कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा म.२ प ८०२४ नम्बरको मोटरसाइकललाई म.२ प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म।२ प ८०२४  नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्द रहेका छन् ।