मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित तीन जना पक्राउ

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 278
    SHARES
  • सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित तीन जना पक्राउ

    जेठ ८ काठमाडौं । सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ स्थित अगर्वाबाट जेठ ६ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका ६ बस्ने २१ वर्षिय
    सुनिल राई छन् ।

    images

    उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट ५ सय ९८ वटा, डाईजोल्याव ईन्जेक्सन ३ वटा, डाईजोपाम ईन्जेक्सन ३ वटा, फेनारगन ईन्जेक्सन ६ वटा र नोफिन ६ वटा फेला पारेको हो ।

    पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ बेल्हीस्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा सोही जिल्लाको तिरहुत गाउँपालिका ४ बस्ने ३६ वर्षिय रामधुनि राम र सोही जिल्लाकै अग्निसाइर कृष्णासरवन गाउँपालिका २ बस्ने २२ वर्षिय इन्डन मण्डल छन् ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी तिलाठीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट १५ वटा, डाईजोपाम १० वटा, लिजेसिक ९ वटा, प्रोमेयाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन १० वटा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    काठसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
    सर्लाही जिल्लाको बसबरीया गाउँपालिका ३ स्थित चिनिमिल चोकबाट जेठ ६ गते सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको सिमल तथा सिसौको काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको धनकोल गाउँपालिका १ बस्ने ५१ बर्षिय सत्यनारायण राम छन् ।

    ज १ त १६७० नम्बरमो ट्याक्टरमा राखेर लैजाँदै गरेको उक्त काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुष्माराबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ । पक्राउ परेका रामलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय मुरियामा बुझाईएको छ ।

    अवैध लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
    धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २३ स्थित विन्दीबाट जेठ ६ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५५ हजार रुपैयाँ अवैध लत्ताकपडा बरामद गरेको छ । जलेश्वरबाट काठमाडौंतर्फ आउँदै गरेको एक यात्रुवाहक बसमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र राजश्व भन्सार सुरक्षा वेश जनकपुरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उक्त लत्ताकपडा फेला पारेको हो ।