भदौ ३,काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गतेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल आगामी चार वर्षसम्म रहने कम्पनीको भनाई छ । कम्पनीको यस अघिको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि श्रेत्रीलेनै पुरा गरेका थिए ।
कम्पनीले आगामी कार्यकालका लागि पनि श्रेत्रीलाईनै निरन्तरता दिने निर्णय गरेको हो । यस अघि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेत्री २०७४ साल भदौ १ गते नियुक्त भएका थिए ।


