मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 318
    SHARES
  • मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

     जेठ ९ बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिका–७ सिउनियामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानीय ५३ वर्षीया रीता रिजाल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    साइकलयात्री रिजाललाई हिजो साँझ पौने ६ बजे भे ६ प २९१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । 

    images

    मोटरसाइलक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।