मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिराहामा ट्रयाक्टरबाट खस्दा किशोरको मृत्यु

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 268
    SHARES
  • सिराहामा ट्रयाक्टरबाट खस्दा किशोरको मृत्यु

    जेठ १० सिराहा । जिल्लाको गोलबजार नगरपालिका–६ लभटोलीमा सोमबार साँझ ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानीय १६ वर्षीय रामरिजन सदाय रहेका छन् । ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजार स्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो । 

    प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टरमा सवार सदाय हिजो साँझ ५ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

    images