मंगलबार, कार्तिक १८ गते २०८३
images
images

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
जेठ ११, २०७९ बुधबार
  • 277
    SHARES
  • स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

    जेठ ११ कास्की । जिल्लाको पोखरा महानगरपालिका–९ मा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

    images

    मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० बर्षीय किशोर कुमार थापा रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा राती सवा १ बजे मृत्यु भएको हो । 

    images

    दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० बर्षीय नागेन्द्र केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर गएराती १२ः४५ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।