मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

एक्सप्रेस पाना
जेठ ११, २०७९ बुधबार
  • 274
    SHARES
  • सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

    पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका ९ ढोडेनी बस्ने २४
    वर्षिय रमेश नेपाली छन् ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बीरगंजबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट २८ वटा, नोफिन १ एम्पुल, फेनेरागन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ९ ग्राम गाजाँ फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा सोही नगरपालिका १ त्रिशुली बस्ने २६ वर्षिय अनिल विश्वकर्मालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
    नेपाल प्रहरीलाई बुझाईएको छ ।

    पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका मुखियाको शव फेला
    धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको पोखरीमा पौडी खेल्न क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ ११ गते फेला पारिएको छ । भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको बताईएको छ ।

    images

    सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त पोखरीमा फेला पारेको हो ।