मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 195
    SHARES
  • कस्तो छ आजको मौसम ?

    जेठ १२ काठमाडौं । हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।

    images

    दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार पहाडी भूभागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    images