मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 297
    SHARES
  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    जेठ १२ काठमाडौं ।  कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवार रहेका छन् । 

    images

    बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बिएण्डबि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा८९प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो । 

    images

    दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।