मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चितुवाको आक्रमणबाट बालकको मृत्यु

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 217
    SHARES
  • चितुवाको आक्रमणबाट बालकको मृत्यु

    जेठ १३ अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ ।

    images

    सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ ।

    अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिए ।

    images

    चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको बताए ।