मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : काठमाडौंका मेयर

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 274
    SHARES
  • जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : काठमाडौंका मेयर

    जेठ १३ काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्। 

    images

    शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले  जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए ।

    उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘ ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’

    images

    स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन्  उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।