मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 264
    SHARES
  • सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठसहित तीन जना पक्राउ

    जेठ १३ काठमाडौं । झापा जिल्लाको अर्जुनधारा नगरपालिका १ स्थित हलुवागड सामुदायिक बन उपभोक्त समुहको जगंलबाट जेठ १२ गते करीव १ लाख ४० हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि नगरपालिका ७ बस्ने २४ बर्षिय कृष्ण प्रसाई, २९ बर्षिय पवन प्रसाई र बुद्धशान्ति गाउँपालिका ८ बस्ने ३४ बर्षिय मेघनाथ पौडेल छन् ।

    images

    को १ ज १६७३ नम्बरको गाडीमा राखेर लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ३५ क्युफिट सालको गोलिया काठसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल  सुरक्षा बेश खुदुनाबारीबाट खटिएको सशस्त्र प्रहरी र सामुदायिक बन
    कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । त्यसबेला उक्त गाडि समेत बरामद गरिएको छ ।

    पक्राउ परेकाहरुलाई बरामद काठ तथा गाडीसहित आवश्यक कारवाहिको लागी जिल्ला बन कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ । सो गाडीको मुल्य २ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको टोलीले जेठ १२ गते करीव ५ लाख १७ हजार रुपैयाँ बराबरको १ सय ४८ क्यूफिट सालको काठ बरामद गरेको छ ।

    images

    बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरीले बर्दिया जिल्लाको मधुवन नगरपालिका ९ धर्मबस्ती र सोही नगरपालिका ७ गंगावस्ती सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको छ ।

    सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामानसहित एक जना पक्राउ
    रौतहट जिल्लाको गौर  नगरपालिका १ स्थित सीमा ईलाकाबाट जेठ ११ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७६ हजार बराबरको ८० थान पानिको फिल्टरसहित भारतमा घर बताउने ४५ बर्षिय पुनाल यादवलाई पक्राउ गरेको छ । डब्लु बि३९बि ९१७२ नम्बरको बोलेरो गाडिमा राखेर भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त फिल्टरसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ ।

    पक्राउ परेका यादवलाई बरामद फिल्टर तथा गाडीसहित आवश्यक कारवाहिको लागी भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो गाडीको भन्सार दाखिला मुल्य ३ लाख रुपैयाँ रहेको छ ।

    विभिन्न किसिमका औषधी बरामद
    सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरबाट खटिएको सशस्त्र प्रहरीले जेठ १२ गते करीव ३ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित सुल्तानपुरबाट बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।